पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारतको नयाँदिल्लीमा आयोजना हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा सहभागी हुन भोलि त्यसतर्फ प्रस्थान गर्ने भएका छन्।
नयाँदिल्लीस्थित भारत मण्डपममा आगामी मार्च १२ देखि १४ तारिख सम्म चल्ने उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा उनी विशिष्ट अतिथिका रूपमा सहभागी हुन लागेका हुन्।
भारतीय माथिल्लो सदनका सांसद कार्तिकेय शर्माको पहलमा आयोजना हुन लागेको यस सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथिका रूपमा सहभागी हुने तय भएको छ।
यसैगरी अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मोरिसन र स्विडेनका पूर्वप्रधानमन्त्री फ्रेडरिक रेनफेल्डट पनि विशिष्ट अतिथिका रूपमा उपस्थित हुने आयोजकले जानकारी दिएका छन्।
विश्वभरका नीति-निर्माता, प्रविधि विज्ञ, व्यवसायी र शैक्षिक क्षेत्रका प्रतिनिधिहरूसहित ३०० भन्दा बढी विशिष्ट व्यक्तिहरूको सहभागिता रहनेछ।
प्रकाशित: २६ फाल्गुन २०८२ १६:३३ मंगलबार





