इलाम क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बुले नेपाली कांग्रेसका निश्कल राईसँगको मतान्तर घटाउँदै लगेका छन्।
पछिल्लो मतपरिणाम अनुसार लिम्बु राईभन्दा ४१९ मतले पछि छन्। राईले १३ हजार ९१२ मत पाउँदा लिम्बुले १३ हजार ४९३ मत प्राप्त गरेका छन्।
सुरुवाती चरणमा अग्रता बनाएका नेकपा एमालेका काजीमान कागते भने तेस्रो स्थानमा झरेका छन्। उनले ११ हजार ७१० मत प्राप्त गरेका छन्।
प्रकाशित: २५ फाल्गुन २०८२ १६:१३ सोमबार





