कपिलवस्तुमा एलपी ग्यासमा कालोबजारी बढेपछि जिल्ला प्रशासन कार्यालयले कारबाही गर्ने भएको छ। मंगलबार प्रशासनले एक सूचना जारी गर्दै ग्यासको कृत्रिम अभाव सृजना र कालोबारी गरिएको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिएको हो।
सहयाक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले सुचना जारी गर्दै उपभोक्ताहरुले सहजरुपमा ग्यास नपाएको जनगुनासो प्रति गंभीर ध्यानाकषर्ण भएको जनाएका छन्।
प्रशासनले कृत्रिम अभावको सृजना गरिएको पाईए कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ तथा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ ।
उपोक्ताहरुले दैनिक रुपमा प्रयोग गर्ने अत्यावश्यक वस्तु एलपी ग्यास कसैले कृत्रिम अभाव सूजना गरी लुकाई छिपाई विक्री वितरण गर्ने भण्डारण गर्ने र बढी मुल्य लिई बिक्री गर्ने कार्य अमानवीय र कानुन विपरित रहेको बताउँदै प्रशासनले ग्यासको भण्डारण, आपुर्ति र बिक्री वितरणका लागि उद्योग व्यवसायी र डिलरहरुलाई जिम्मेवारपूर्वक काम गर्ने आग्रह गरेको छ।
प्रतिसिलिन्डर १९ सय २० रुपैँया पर्ने ग्यासलाई डिलर व्यपारीले कृत्रिम अभावको सृजना गरी ३५ सय देखि ३ हजारसम्म लिएको जनगुनासो आएपछि प्रसासनले सूचना जारी गरेको हो।

प्रकाशित: २६ फाल्गुन २०८२ १६:२७ मंगलबार





