युएईमा हुने नेपाल र वेस्ट इन्डिजबिचको टी-२० सिरिज आगामी सेप्टेम्बर २७,२९ र ३० मा हुने भएको छ।
मगंलबार नेपाल क्रिकेट संघ (क्यान) ले एक विज्ञप्ति जारी गर्दै नेपाल र वेस्ट इन्डिजबिचको खेल आगामी सेप्टेम्बर २७, २९ र ३० मा हुने जनाएको हो।
यसअघि खेलको तालिका २७, २८, र ३० थियो। क्यानको अनुसार एसिया कपको फाइनलको कारण सिरिजको तालिका परिवर्तन भएको हो। एसिया कपको फाइनल भने २८ गते रहेको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोली मगंलबार मात्र अष्ट्रेलिया भ्रमणबाट फर्किएको हो।
प्रकाशित: १८ भाद्र २०८२ १२:०७ बुधबार





