३ पुस २०८२ बिहीबार
image/svg+xml
खेल

भरपर्दा मिडफिल्डर रोहित चन्द एसियन वारियर्स एफसीमा अनुबन्ध

नेपालका भरपर्दा मिडफिल्डर रोहित चन्द एसियन वारियर्स एफसीको टिममा समावेश भएका छन् ।

जापानी फुटबलर केइसुके होण्डाको नेतृत्वमा स्थापना भएको यो क्लबले सम्पूर्ण एशियाली खेलाडीहरूलाई एउटै टिममा समेटेर फुटबलको माध्यमबाट एकता (Unity Through Football) भन्ने अवधारणा अघि सारेको छ ।  

एसियन वारियर्सले फुटबलमै मात्र नभई, सामाजिक एकता, सांस्कृतिक सम्बर्द्धन र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने लक्ष्य पनि लिएको छ।

गत शुक्रबार जकार्तामा पत्रकार सम्मेलन गर्दै क्लबले नेपालका अन्तर्राष्ट्रय खेलाडी चन्दको नाम आधिकारिक रूपमा घोषणा गरिएको थियो । उनीसँगै मलेसियाका ली टक, फिलिपिन्सका दाइसुक सातो तथा इन्डोनेसियाका आइमेड विरावान र भिक्टोर इग्बोनेफो पनि टिममा परेका छन् ।

SEA Tour 2025 अन्तर्गत Asia Warriors FC ले १८ देखि २७ जुलाईसम्म इन्डोनेसियाको पर्सिक केडिरी र मलेसियाको सेलान्गोर एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

यो सहभागिताले रोहित चन्दलाई एक सम्मानित अन्तर्राष्ट्रिय मिडफिल्डरका रूपमा पुनः स्थापित गरेको छ, जसले नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा झनै चिनाउने अवसर दिनेछ।

प्रकाशित: ५ श्रावण २०८२ १२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App