१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
बजार

सुनचाँदीको मूल्यमा भारी वृद्धि : पहेँलो धातु ३४ सयले बढ्यो

स्थानीय बजारमा सुनचाँदीको मूल्यमा लगातार उछाल आएको छ। हिजो आइतबार छापावाला सुन प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज सोमबार २ लाख ६१ हजार ४ सय रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकै दिनमा सुनको भाउ ३४ सय रुपैयाँले बढेको छ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। हिजो प्रतितोला ४ हजार १ सय ५ रुपैयाँ रहेको चाँदी आज १ सय ३० रुपैयाँ बढेर ४ हजार २ सय ३५ रुपैयाँ पुगेको छ।

प्रकाशित: ७ पुस २०८२ ११:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App