नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औं महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताएका छन्।
काठमाडौं क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्बोधन गर्दै उनले कांग्रेसमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गरेर भए पनि निर्वाचनमा भाग लिनुपर्ने तर्क उनको छ।
उनले महाधिवेशनलाई टार्नका लागि पार्टीको केन्द्रीय समितिको बैठकलाई लम्ब्याइएको गुनासो गरेका छन्।
‘संविधानलाई सही दिशामा ल्याउनका लागि फागुन २१ मा निर्वाचन हुन्छ, संविधानलाई सही दिशामा ल्याउने प्रमुख जिम्मेवारी कांग्रेसको हो,’ उनले भनेका छन्।
बदलिएको कांग्रेसले देश बदल्न सक्ने भएकाले १५औं महाधिवेशन चाँडो सम्पन्न गर्नुपर्ने उनको भनाइ थियो।
प्रकाशित: ७ पुस २०८२ १०:५४ सोमबार





