२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

टी-२० विश्वकप: स्कटल्यान्डले टस जितेर फिल्डिङ रोज्यो, वेस्ट इन्डिज ब्याटिङमा

आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा स्कटल्यान्डले वेस्ट इन्डिजविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।

भारतको कोलकत्तास्थित ऐतिहासिक इडेन गार्डेन रंगशालामा केहीबेर अघि भएको टसमा स्कटल्यान्डका कप्तानले बाजी मार्दै वेस्ट इन्डिजलाई ब्याटिङको निम्तो दिएका हुन्।

टस हारेर ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले इनिङ्सको सुरुवात सम्हालिएर गरेको छ। ताजा २.५ ओभरको समाप्तिमा वेस्ट इन्डिजले कुनै विकेट नगुमाइ २० रन बनाएर खेलिरहेको छ।

प्रकाशित: २४ माघ २०८२ १५:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App