नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा)को मुख्यलयमा तालाबन्दी गरेको छ।
आईतबार दिउँसो संघले एन्फाको मुख्यालयमा तालाबन्दी गरेको हो। संघले फुटबल खेलाडी र समग्र नेपाली फुटबलको हितमा लामो समयदेखि एन्फाविरुद्ध चरणवद्ध रुपमा विभिन्न माग राख्दै आएको छ।
तर, एन्फाले मागहरुको वेवास्ता गरेको भन्दै संघले तालाबन्दी गरेको हो। तालाबन्दीको क्रममा संघले तीनबुँदे माग गरेको छ। सहिद स्मारक ए डिभिजन लिग सन्चालनको निश्चितता लगायतका तीन बुँदे माग गरेको छ । संघले खेलाडीको अक्षय कोष र तलबभता तथा पुरस्कार रकम उपलब्ध गराउन माग गरेको छ ।

प्रकाशित: २४ फाल्गुन २०८२ १५:०८ आइतबार




-600x400.jpg)
