सुदूरपश्चिम प्रदेशको कैलाली निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार केपी खनाल विजयी भएका छन्। २६ वर्षीय खनालले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ७ हजार १०८ मतान्तरले पराजित गर्दै संसदको यात्रा तय गरेका हुन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार खनालले १९ हजार ५७ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका ४६ वर्षीय पति राम चौधरीले ११ हजार ९४९ मत प्राप्त गरे।
त्यस्तै, नेकपा (एमाले) का ५८ वर्षीय उम्मेदवार सुर्य बहादुर थापा ७ हजार ८८६ मतमा सीमित भए भने नेपाली कांग्रेसका ५५ वर्षीय उम्मेदवार विजय बहादुर स्वाँरले ७ हजार २१३ मत प्राप्त गरे।
कैलाली–२ को यो नतिजालाई राजनीतिमा पुस्तान्तरण र नयाँ शक्तिको आगमनका रूपमा हेरिएको छ।
प्रकाशित: २४ फाल्गुन २०८२ १४:४४ आइतबार


-600x400.jpg)


