४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

समानुपातिक मतमा रास्वपाको वर्चस्व, अन्य दलको मत कति ?

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सामानुपातिक तर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी मत प्राप्त गरेको छ। कुल ३७ लाख ७८ हजार ४३६ मत गणना हुँदा उक्त पार्टीले १८ लाख ७६ हजार ७१२ मत प्राप्त गरेको हो। जुन करिब ४९ दशमलव ६७ प्रतिशत मत हो। 

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले समानुपातिकमा ६ लाख ३९ हजार ५३३ मत प्राप्त गरेको छ । जुन कुल मतको १६ दशमलव ९३ प्रतिशत हो। त्यस्तै तेस्रो स्थानमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ५ लाख ३६ हजार १९६ अर्थात १४ दशमलव १९ प्रतिशत मत प्राप्त गरेको छ।  

त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीले २ लाख ५३ हजार ८७७ मत प्राप्त गरेको छ। अन्य दलको तुलनामा ६ दशमलव ७२ प्रतिशत मत  प्राप्त गरेको छ भने पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ३७ हजार २२८ अर्थात ३ दशमलव ६३ प्रतिशत मत पाएको छ।

यता श्रम संस्कृति पार्टी ८२ हजार ०८४ मत अर्थात २ दशमलव १७ प्रतिशत मत प्रात गरेका छ। अन्य दलहरूको समानुपातिक तर्फको मत १ प्रतिशतको हाराहारीमा रहेको छ ।   

आइतबार दिउँसो २ बजेसम्म गणना भएको समानुपातिक मतको आधारमा यो समाचार तयार पारिएको हो ।  

प्रकाशित: २४ फाल्गुन २०८२ १४:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App