१ चैत्र २०८२ आइतबार
image/svg+xml
निर्वाचन विशेष

स्याङ्जा २ मा रास्वपाका डुम्रे निर्वाचित

प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जा क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का झबिलाल डुम्रे निर्वाचित भएका छन्। केहीबेर अघि सम्पन्न मतगणनाबाट रास्वपाका डुम्रेले २५ हजार ३५४ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत ऋषि पौडेलले बताए।

उक्त क्षेत्रमा नेपाली कांग्रेस भागवतप्रकाश मल्लले २० हजार ८३० मत प्राप्त गरेका छन्। साथै नेकपा (एमाले) का खिमबहादुर थापाले १४ हजार १०८ मत ल्याएका हुन्।

जम्मा एक लाख १७ हजार ९३० मतदाता रहेकामा ६४ हजार ९२८ मत खसेको थियो। 

प्रकाशित: २४ फाल्गुन २०८२ १४:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App