विराटनगर किङ्स विरुद्धको महत्त्वपूर्ण दोस्रो क्वालिफायर खेलमा लुम्बिनी लायन्सले पावर प्लेमा १ विकेट गुमाएर ४४ रन जोडेको छ।
सुरुवातमै दोस्रो ओभरमा ओपनर दिनेश अधिकारीलाई १ रनमा गुमाएर केही दबाबमा परेको लुम्बिनीलाई कप्तान रोहित पौडेल र डी आर्सी सर्टको साझेदारीले खेलमा फर्काएको छ।
विराटनगरका बलर सुवास भण्डारीले सुरुवाती सफलता दिलाए पनि त्यसपछिका ओभरमा लुम्बिनीका ब्याटर हाबी भएका छन्।
विशेष गरी कप्तान रोहित पौडेल आक्रामक शैलीमा ब्याटिङ गरिरहेका छन्। उनले १४ बलमा २ चौका र २ छक्काको मद्दतले २३ रन बनाएका छन्।
अर्को छेउबाट डी आर्सी सर्ट २५ रन बनाएर उनलाई साथ दिइरहेका छन्।
बलिङतर्फ विराटनगरका नरेन भट्ट पावर प्लेमा महँगो साबित भए, उनले आफ्नो २ ओभरमा २० रन खर्चिए।
मर्चन्ट डे लांगेले २ ओभरमा १६ रन दिए भने सुवास भण्डारीले २ ओभरमा ८ रन खर्चेर १ विकेट लिए।
अहिले ६.४ ओभरको खेल सकिँदा लुम्बिनीको कुल स्कोर ४९/१ रहेको छ।
प्रकाशित: २५ मंसिर २०८२ १६:२९ बिहीबार





