प्रधानमन्त्री सुशीला कार्कीले वल्र्ड चेस च्याम्पियनसिप प्रतियोगितमा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिएकी छन्।
झापाका सुश्रुत दाहाल र दोलखाका आशिष फुयाँलसँग आज बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले शुभकामना दिएकी हुन्। ‘अन्तरराष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा बढाउने गरी खेल्नुहोला, मेरो शुभकामना छ’, उनले भनिन्।
खेलाडीद्वय दाहाल र फुयाँलले छ दशकको इतिहासमा उक्त प्रतियोगितामा नेपालको सहभागिता हुनु नै ठूलो कुरा रहेको बताउँदै सक्दो राम्रो खेल्ने प्रतिबद्धता व्यक्त गरे।
र्यापिड र ब्लिट्ज क्याटागोरीमा हुन लागेको चेस च्याम्पियनसिपमा नेपाल पहिलोपटक सहभागी हुन लागेको हो। यही डिसेम्बर २५ देखि ३१ तारिखमा उक्त प्रतियोगिता हुँदैछ।
प्रकाशित: २५ मंसिर २०८२ २०:०४ बिहीबार





