२७ मंसिर २०८२ शनिबार
image/svg+xml
समाज

वन सेवाका कर्मचारीलाई कारबाही गर्न माग

मधेस प्रदेश लेखा समूहका कर्मचारीहरुले कामकाज ठप्प पार्ने चेतवनी दिएका छन् । लेखा कर्मचारीलाई धम्की दिने वन निर्देशनालयका कर्मचारीमाथि कारबाही नगरे कामकाज ठप्प पार्ने भन्दै बिहीवार प्रदेश सरकार समक्ष ज्ञापनपत्र बुझाएकाहुन् ।  

उनीहरुले मुख्यमन्त्री कृष्णप्रसाद यादव, अर्थमन्त्री महेशप्रसाद यादव, कामु प्रमुख सचिव जयकुमार घिमिरे र अर्थ सचिव रामकुमार महतोलाई ज्ञापनपत्र बुझाउँदै धम्की दिने वन सेवाका कर्मचारीलाई कारबाहीको माग गरेका छन् ।  

‘वन निर्देशनालयका प्रमुखलगायतका कर्मचारीले त्यहाँ कार्यरत लेखा समूहका कर्मचारीहरुको कामकाज प्रति विगत लामो समय अनुचित दवाब सिर्जना गर्दै आएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।’

बुधवार वन सेवाको केही कर्मचारीहरु कामु सचिव जयकुमार घिमिरेको कार्यलयमा पुगेर लेखा समूहका कर्मचारीको बारेमा प्रयोग गरेको अमर्यादित शब्द प्रति प्रदेश लेखा समूहले आपत्ति जनाएका छन् ।  

लेखा समूहका कर्मचारीहरुले आफ्नो जिम्मेवारी इमानदारी पूर्वक निर्वाह गर्दै आएको प्रदेश लेखा समूहका अध्यक्ष जितेन्द्र प्रसाद यादवले बताए ।  

उनले विगत केही समयदेखि वन सेवाका कर्मचारीहरु आफ्नो कम्जोरी लुकाँदै लेखा समूहका कर्मचारी माथि थुपार्ने गरेको आरोप लगाए ।  

‘वन निर्देशनालयमा जिम्मेवारी तोकिएका लेखा समूहका कर्मचारीले नियमित रुपमा आर्थिक प्रशासन सम्बन्धित कामकाज गर्दै आइरहेको छ । सोही अन्तर्गत २०८३ साल साउन र भदौ महिनाको पारिश्रमिक र चाडपर्व खर्च भुक्तानी गरेपनि सम्बन्धित वन निर्देशकले नै तत्कालीन लेखा प्रमुखलाई कामकाजमा बन्देज लगाई ३ महिनाको पारिश्रमिक भुक्तानी नगरेको भनी अनावश्यक अतिरञ्जना सिर्जना गरी मन्त्रालयमा होहल्ला गरेको छ,’ ज्ञापनपत्रमा भनिएको छ।

 

प्रकाशित: २५ मंसिर २०८२ २१:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App