२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml २२:४२ अपराह्न
खेल

ज्ञान निकेतन र विल्सन एकेडेमी फाइनलमा

ज्ञान निकेतन र विल्सन एकेडेमीले दोस्रो काठमाडौं जेभियर्स पब्लिक थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको सिनियर्स ब्वाइजमा फाइनलमा स्थान बनाएका छन्।

नयाँ बानेश्वरको लाखेचौर मार्गस्थित आयोजक काठमाडौं जेभियर्स पब्लिक स्कुलको कोर्टमा बुधबार भएको सेमिफाइनलमा ज्ञान निकेतनले माइलस्टोनलाई १७–९ तथा विल्सनले हेम्सलाई १२–९ ले पराजित गर्दै उपाधि भिडन्त तय गरेका हुन्।

जुनियर ब्वाइजमा भने स्पाङ्गेल र ग्रिनलन्सबीच उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ। स्पाङ्गेलले केएमसीलाई ८–६ र ग्रिनलन्सले ज्ञान निकेतनलाई १०–८ ले हराउँदै फाइनल भेट पक्का गरेका हुन्।

सिनियर गल्र्समा बौद्ध चिल्ड्रेन हेभनले क्यान्भास वसन्त ऋतुलाई ११–७ तथा डेफोडिल पब्लिक स्कुलले हिमालीलाई ८–३ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका छन्। 

प्रकाशित: १ श्रावण २०८२ ०७:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App