२० मंसिर २०८२ शनिबार
image/svg+xml
राजनीति

रामकुमारीलाई खुस्बुको काउन्टर : प्रधानमन्त्रीसँग ‘औकात छैन’ भन्नु घमण्डको चरम प्रदर्शन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेतृ खुस्बु ओलीले नेकपा (एस) की पूर्वनेतृ रामकुमारी झाँक्रीलाई प्रधानमन्त्री सुशीला कार्कीमाथि गरेको टिप्पणीलाई लिएर जवाफ दिएकी छन्। नेतृ ओलीले प्रधानमन्त्रीको ‘औकात छैन’ भन्ने झाँक्रीको अभिव्यक्ति देशको राजनीतिक संस्कृति र चेतनाको पतनको संकेत भएको बताएकी छिन्।  

सामाजिक सञ्जालमा खुस्बुले लेखेकी छिन्, ‘रामकुमारी झाँक्रीले प्रधानमन्त्री सुशीला कार्कीप्रति ‘औकात छैन’ भन्ने अभिव्यक्ति केवल व्यक्तिगत अपमान होइन, देशको राजनीतिक चेतना र संस्कृतिको पतनको स्पष्ट संकेत हो।’  

उनले थपेकी छिन्, ‘सुशीला कार्कीप्रति औकातको प्रश्न उठाउनेहरूले आफ्नो सोच र संस्कारको गहिराइ स्वयं उजागर गरेका छन्। नेपालकी पहिलो महिला प्रधानमन्त्री र पहिलो महिला प्रधान न्यायाधीशप्रति प्रयोग गरिएको यस्तो अपमानजनक भाषा महिलामात्र होइन, लोकतान्त्रिक मूल्य, राजनीतिक मर्यादा र सभ्य संवादको मान्यतामाथिको प्रहार हो।’  

खुस्बुले विचारमा असहमति राख्न सकिने तर संस्कारमा गिरावट स्वीकार्य नहुने बताउँदै राजनीतिलाई व्यक्तिगत आक्रमण र चरित्रहत्याको मैदान नबनाउन चेतावनी दिएकी छिन्।  

‘प्रधानमन्त्री सुशीला कार्कीलाई ‘औकात छैन’ भन्नु घमण्डको चरम प्रदर्शन र लोकतान्त्रिक चेतनाको अपमान हो। आज देशमा पात्रभन्दा पनि संस्कार र मूल्यको लडाइँ चलिरहेको छ र हामी अडानका साथ संस्कार र मर्यादाको पक्षमा छौं,’ उनले लेखेकी छिन्।

उनले लेखेकी छिन्, 
रामकुमारी झाँक्रीले प्रधानमन्त्री सुशीला कार्कीप्रति ‘औकात छैन’ भन्ने अभिव्यक्ति केवल व्यक्तिगत अपमान होइन, देशको राजनीतिक चेतना र संस्कृतिको पतनको स्पष्ट संकेत हो।

सुशीला कार्कीप्रति औकातको प्रश्न उठाउनेहरूले आफ्नो सोच र संस्कारको गहिराइ स्वयं उजागर गरेका छन्।
नेपालकी पहिलो महिला प्रधानमन्त्री र पहिलो महिला प्रधान न्यायाधीशप्रति प्रयोग गरिएको यस्तो अपमानजनक भाषा महिलामात्र होइन, लोकतान्त्रिक मूल्य, राजनीतिक मर्यादा र सभ्य संवादको मान्यतामाथिको प्रहार हो।

विचारमा असहमत हुन सकिन्छ, तर संस्कारमा गिरावट कहिल्यै स्वीकार्य हुँदैन। राजनीति विचार र दृष्टिकोणको युद्ध हो, व्यक्तिगत आक्रमण र चरित्रहत्याको मैदान होइन। तपाईँहरूको अहंकार र असंयमित वाणीले राष्ट्रको राजनीतिक स्तरलाई कमजोर बनाउँदैछ।

प्रधानमन्त्री सुशीला कार्कीलाई ‘औकात छैन’ भन्नु घमण्डको चरम प्रदर्शन र लोकतान्त्रिक चेतनाको अपमान हो। आज देशमा पात्रभन्दा पनि संस्कार र मूल्यको लडाइँ चलिरहेको छ र हामी अडानका साथ संस्कार र मर्यादाको पक्षमा छौं।

बुधवार नेकपा (एस) परित्याग गरेकी पूर्वमन्त्रीसमेत रहेकी झाँक्रीले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गर्ने ‘औकात’ प्रधानमन्त्री सुशीला कार्कीसँग नभएको बताएकी थिइन्।

प्रकाशित: २१ कार्तिक २०८२ ०८:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App