२२ मंसिर २०८२ सोमबार
image/svg+xml
खेल

एभरेस्ट महिला भलिबल लिग आजदेखि पुनः सुरु

एभरेस्ट महिला भलिबल लिग आजबाट पुनः आयोजना हुँदैछ।

पोखरामा जारी भइरहेको सो प्रतियोगिता गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको कारण रोकिएको थियो। रोकिएको प्रतियोगिता आजबाट सुरु हुन लागेको हो।

आज दुई वटा खेल हुँदैछन्। पहिलो खेल दिउँसो २ बजे हुनेछ। सो खेलमा कर्णाली यशविस र मधेश युनाइटेडबिच हुनेछ। त्यस्तै, दोस्रो खेल बेलुका ५ बजे ललितपुर क्वीन्स र पोखरा निन्जाजबिच हुनेछ।

प्रतियोगिताको फाइनल खेल कार्तिक २९ गते हुनेछ।

प्रकाशित: २६ कार्तिक २०८२ ११:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App