बुधबार राजकोटमा सम्पन्न दोस्रो एकदिवसीय क्रिकेट खेलमा न्युजिल्यान्डले भारतलाई ७ विकेटले पराजित गर्दै तीन खेलको शृखंला १–१ को बराबरीमा पु-याएको छ।
विल यङ (८७ रन) र डेरिल मिचेलको उत्कृष्ट शतकीय पारीको मद्दतले न्युजिल्यान्डले भारतले दिएको २८५ रनको लक्ष्य ४७.३ ओभरमै केवल तीन विकेट गुमाएर पूरा गर्यो। डेरिल मिचेलले ११७ बलमा ११ चौका र दुई छक्काको सहयोगमा नाबाद १३१ रन बनाए।
न्युजिल्यान्डका ओपनिङ ब्याट्सम्यान डेभन कन्भेले १६ रन र हेनरी निकोल्सले १० रन मात्र बनाउन सके। तर सुरुआती झट्कापछि विल यङ र डेरिल मिचेलले टोलीलाई सम्हाले।
खेल सुरु हुनु अघि टस जितेर न्युजिल्यान्डले भारतलाई पहिले ब्याटिङ गर्न आमन्त्रण गरेको थियो। केएल राहुलको शतक (११२ रन) र कप्तान शुभमन गिलको अर्धशतक (५६ रन) को मद्दतले भारतले ५० ओभरमा ७ विकेट गुमाएर २८४ रन बनायो।
ओपनिङमा आएका रोहित शर्मा २४ रन, शुभमन गिल ५६ रन, विराट कोहली २३ रन, श्रेयस अय्यर ८ रन र रवीन्द्र जडेजा २७ रन बनाएर आउट भए।
न्युजिल्यान्डका तर्फबाट क्रिस्टिन क्लार्कले सर्वाधिक तीन विकेट लिए। तीन एकदिवसीय खेलको यस शृङ्खलाको पहिलो खेल भारतले चार विकेटले जितेको थियो। एजेन्सी
प्रकाशित: १ माघ २०८२ ०७:१५ बिहीबार




-600x400-wm.jpg)
