१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

एमसिसी वुमन्स क्रिकेट टीम टुर नेपाल: एमसिसीमाथि क्यान–११ को क्लिनस्वीप

नेरी थापा बनिन प्लेयर अफ दि सिरिज

नेपाल भ्रमणमा रहेको इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) महिला क्रिकेट टीम माथि नेपालको क्यान–११ ले मैत्रीपूर्ण प्रतिस्पर्धामा क्लिनस्वीप गरेको छ। मंगलबार अन्तिम दिनको एकदिवसीय खेलमा क्यान ११ ले एमसिसीलाई २ विकेटले पराजित गर्दै क्लिनस्वीप गरेको हो।

क्यान ११ ले टी–२० खेलमा समेत एमसिसीलाई पराजित गरेको थियो। एमसिसीले नेपाल क्रिकेट संघ (क्यान) ११ लाई जितको लागि १ सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। लक्ष्य पछ्याउने क्रममा क्यान ११ ले छ विकेटको क्षतिमा ८ विकेटको क्षतिमा ३९ ओभरमा पूरा गर्‍याे। क्यान ११ ले पहिलो विकेट २० रन खातामा जोडिदाँ काजल श्रेष्ठलाई गुमाउन पुग्यो।

काजलले ८ रन बनाउने क्रममा रिचेल पोटरको बलमा एलिसा हबर्डको हातबाट क्याच भइन्। दोस्रो विकेट ४० रनमा गुमायो। तेस्रो नम्बरमा आएकी सम्झना खड्का ११ रनमै पभेलियन फर्किन्। उनले ७ बल खेल्दै २ चौका हिर्काउँदै ११ रन जोड्न सफल भइन्। उनीपछि लगत्तै ओपनर कविता कुँवर व्यक्तिगत १८ रन बनाउने क्रममा अमण्डाको बलिङमा एलबीडब्लुको धरापमा परिन्।

इन्दु बर्माको प्रदर्शन भने प्रभावशाली देखिएन्। उनी ४ रनमै आउट भइन्। रुबिना क्षत्री पनि १६ रनमै आउट हुँदा सीता रानामगरले पनि १४ बल खेल्दै ३ रन बनाएर क्रिज छोड्न बाध्य भइन्। पाँचौ विकेटको लागि नेरी थापा र रुबिना क्षत्रीले ५० रनको साझेदारी निभाए। नेरी थापाले अर्धशतकीय पारी खेलिन्। उनले ९८ बलमा ५ चौकासहित ५५ रनमा आउट भइन्।

उनको अर्धशतकीय इनिङ नै जितको आधार बन्यो। बलिङ तर्फ एमसिसीकी अमण्डा पटगियटरले ८ ओभरमा १ मेडन राख्दै ३१ रन दिएर ३ विकेट लिइन्। त्यस्तै एलिसा हबर्डले ६ ओभरमा २२ रन दिएर २ विकेट नाममा लेखाइन्।  

पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा टस जितेर व्याटिङमा उत्रिएको एमसिसीका लागि ओपनर ग्लेरी टेलोरको अर्धशतकीय पारीमा १५५ रनको प्रतिस्पर्धात्मक योगफल तयार पार्‍याे। पहिलो विकेटको रुपमा जेन्नी कितगिन्जरलाई गुमायो। पहिलो विकेटको लागि एमसिसीले ५२ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरे।  

जेन्नीलाई २५ रनमा गुमाएपछि ओपनर साझेदारी टुटन पुग्यो। रुबिना क्षत्रीको बलमा जेन्नी एलबीडब्लुको धरापमा परेपछि एमसिसीले पहिलो विकेट गुमाउन पुग्यो। जेन्नीले ४२ बल खेल्दै ३ चौका हिर्काइन्। दोस्रो नम्बरमा क्रिज छिरेकी अबी ह्वाईब्रोलाई पनि सस्तैमा आउट गरेपछि एमसिसी केही दबावमा पर्‍याे। इन्दु बर्माको बलिङमा ह्वाईब्रो विकेट विकर काजल श्रेष्ठको हातबाट क्याच आउट गरेपछि एमसिसी २/६६ को स्थितिमा रह्यो। ह्वाईब्रो केवल २ रनमा खेलिरहँदा पभेलियन फर्किइन्।

ओपनर टेलरले तेस्रो विकेटको लागि मिया रोजर्ससँग ३८ रनको साझेदारी निभाउँदै इनिङ उकास्ने प्रयास गरे। रोजर्स व्यक्तिगत १८ रनमा खेलिरहँदा नेरी थापाको बलमा विकेट किपर काजल श्रेष्ठकै हातबाट आउटहुन पुगिन्। उनले ३२ बल खेल्दै २ चौका व्याटबाट निकालिन्। ओपनर टेलोर भने ५५ रनमा आउट भइन्। छैटौं नम्बरमा आएकी अमण्डा पटगियटरले २७ बल खेल्दै २६ रनमा अविजित रहिन्। उनले २ चौका हिर्काइन्।

एमसिसीले ४० ओभर पुरै खेल्दै ६ विकेट गुमाउँदै १५५ रनको योगफलमा समेटियो। टेलरले ५५ रन हिर्काउने क्रममा ९८ बल खेल्दै ३ चौका प्रहार गरिन्। क्यान ११ का लागि सोनी पाख्रिनले ५ ओभरमा १५ रन दिदैं २ विकेट लिइन्। रुबिनाको नाममा दुई विकेट लेखियो। नेरी थापाले ८ ओभरमा २ मेडन राख्दै २० रन खर्चिएर १ विकेट लिइन्। नेरी थापा प्लेयर अफ दि म्याच तथा प्लयेर अफ दि सिरिज बनिन्।  

प्रकाशित: १५ कार्तिक २०७९ १०:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App