८ वैशाख २०८१ शनिबार
खेल

टेटेमा चन्दन र राजेन्द्र पहिलो

काठमाडौंका चन्दन साही र ललितपुर जिल्ला टेबलटेनिस संघका राजेन्द्र वज्राचार्यले प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन्।

स्पिन इभेन्ट्स प्रालिद्वारा आयोजित प्रतियोगिताको भेट्रान पुरुष सिंगल्सको ४० वर्षमाथि चन्दन र ५० वर्षमाथि राजेन्द्र पहिलो भएका हुन्। ४० वर्षमाथि फाइनलमा चन्दनले एमआइएसका नरेश रावललाई ७–११, ११–८, ११–३, ११–७ र ११–६ को सेटमा पराजित गरे। ललितपुरका राजिप महर्जन र कीर्तिपुरका प्रशान्त महर्जनले तेस्रो स्थानमा चित्त बुझाए। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ५० वर्षमाथि फाइनलमा राजेन्द्रले एनसिसिएसका कपुर शर्मा पौडेललाई १२–१४, ७–११, ११–७, ११–८, ११–८ र १४–१२ को सेटमा हराए।

एपिएमका विश्वास गौचन र एएनएस १९८० का किरणमुनि वज्राचार्य तेस्रो भए। प्रतियोगितामा भेट्रान र विभिन्न उमेर समूह गरी आठ स्पर्धा रहेको आयोजक स्पिनका सचिव ज्याकी महर्जनले जनाएका छन्। आठै स्पर्धामा नगद पुरस्कार राखिएको छ।  

प्रकाशित: ८ जेष्ठ २०७९ ०७:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App