८ वैशाख २०८१ शनिबार
खेल

शुक्रबारदेखि पोखरामा गण्डकी प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगिता

कास्की जिल्ला आर्चरी संघको आयोजनामा शुक्रबारदेखि पोखरा रंगशाला आर्चरी मैदानमा पहिलो पटक गण्डकी प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगिता शुरु हुदै छ। प्रतियोगिता स्टाण्डर्ड–३० मिटरको हुने संघले जनाएको छ।  

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै आर्चरीमा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यसहित कास्की जिल्ला आर्चरी संघले पहिलो पटक प्रदेशस्तरीय खुल्ला आर्चरी प्रतियोगिता आयोजना गरेको हो। स्टाण्डर्ड ३० मिटरको प्रतिस्पर्धामा प्रदेशका छ जिल्लाका ६६ जना खेलाडीले प्रतिस्पर्धा गर्ने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो। प्रतियोगिताका संयोजक बसन्त गौचन(साकुरा)ले  प्रतियोगितामा कास्की, बाग्लुङ, म्याग्दी, पर्वत, मनाङ र मुस्ताङका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने बताए।  

पाँचौ राष्ट्रिय खेलकुद प्रतियोगितादेखि आर्चरीलाई राष्ट्रिय प्रतियोगितामा समावेश गरिदैं आएको हो। आठौं सस्करणसम्म गण्डकी प्रदेश आर्चरीमा च्याम्पियन बन्दै आएको छ। च्याम्पियनको शाख जोगाउन पनि नयाँ खेलाडीलाई प्रोत्साहित गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको संयोजक साकुराले प्रष्टयाए।  

कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले प्रतियोगितामा दश डोर(३० सर) प्रहार गरिने बताए। दश डोरबाट उत्कृष्ट अंक जोड्कै आधारमा खेलाडीको ¥याङकिङ निकालिन्छ। ¥याङकिङ निस्केपछिमात्रै खेलाडीहरु बीच एकापसमा प्रतिस्पर्धा गराईने फाइनल गरिने उनले बताए। ‘¥याङकिङ निस्केपछि खेलाडीहरु बीच नकाउटचरणको प्रतिस्पर्धा हुन्छ,’ उनले भने, ‘नकाउट चरणमा भिड्दै अन्तिम चारमा पुगेका खेलाडीलाई पुरस्कृत गरिने छ।’ संघले नवौंलाई लक्षित गर्दै उत्कृष्ट चारसहित अन्य ६ जनालाई प्रशिक्षणमा राखिने जनाएको छ। १० जनालाई क्लोजक्याम्पमा राखेर प्रशिक्षण गराई नवौं राष्ट्रिय प्रतियोगिताको लागि अन्तिममा ४ जना मात्रै छनोट गरिने छ।  

गण्डकी प्रदेश आर्चरीको लागि उदगम थलो हो। विभिन्न जातिय सँस्कृतिक खेल समेत हो। छन्त्याल, मगर, थकाली समूदायले बढी खेल्ने गरेका छन्। गण्डकी प्रदेशबाट किशोरकुमार गुरुङ, योगेन्द्र शेरचन, असिम शेरचन, नुुटुक गुरुङ, दिलकुमार गुरुङ र देव पुन मगर अन्तर्राष्ट्रिय पदक विजेत हुन्। महिला तर्फ सुजना गौचन, मन्सा गुरुङ, मोनिका राना र रश्मी दर्लामी अन्तराष्ट्रिय आर्चरी पदक विजेता हुन्।  

प्रतियोगितामा राष्ट्रिय पदक विजेता खेलाडीले खेल्ने भने पाउने छैनन्। नयाँ खेलाडीले अवसर नपाउने हुदाँ एकपटक पदक विजेताले अर्को पटक सहभागिता हुन नपाउने संघका अध्यक्ष शेरचनले जानकारी गराए। प्रतियोगितामा विजेताले नगद २५ हजार रुपैयाँ पाउने छ। दोस्रोले २० हजार, तेस्रोले १५ र चौथो हुनेले सान्त्वना स्वरुप १० हजार पाउँदो ¥याङकिङ राउण्डमा उत्कृष्ट अंक जोड्ने खेलाडीले नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ। प्रतियोगितालाई नेपाल इन्भेष्टमेन्ट बैंकले मुख्य प्रायोजन गरेको छ भने गण्डकी खेलकुद परिषद एवं गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले सहयोग गरेको छ।  

प्रकाशित: २१ पुस २०७८ ०९:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App