१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

खेलमा भविष्य देख्नेहरुको जमात बाक्लिन थाल्योः नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले खेलमा भविष्य देख्नेहरुको जमात बाक्लिन थालेको बताएका छन्।

मंगलबार गणेशमान सिंह स्पोर्ट कमिटीले आयोजना गरेको ‘टेनिस टुर्नामेण्ट २०२१’ मा बोल्दै नेता सिंहले आन्तरिक खेलले खेलाडीहरुलाई अवसर दिने बताउँदै खेलमा भविष्य देख्नेहरुको जमात बाक्लिन थालेको र खेलमा आकर्षित हुनेहरु बढ्न थालेको बताएका हुन्।

उनले कोरोना भाइरसको जोखिमका बेला पनि कमिटीले खेलाडीहरुलाई मध्यनजर गर्दै कार्यक्रम सञ्चालन गरेकोप्रति खुसी व्यक्त गरे। उनले आन्तरिक खेलले खेलाडीहरुको मनोबल बढाउने बताए। यो खेल टेबल टेनिसको इतिहासमा कोशेढुंगा साबित हुने गरी कमिटीले काम गर्ने विश्वास व्यक्त गर्दै नेता सिंहले खेलले नै मानसिक र शारीरिक रुपमा स्वस्थ राख्ने बताए।

गणेशमान सिंह स्पोर्ट्स कमिटीले आयोजना गरेको ‘टेनिस टुर्नामेण्ट २०२१’ आजबाट सुरु भएको छ। टुर्नामेण्ट कार्तिक १६ गतेसम्म चल्नेछ भने यसमा ८ वर्ष उमेर समूहदेखि ६५ वर्षसम्मका खेलाडीहरुले भाग लिन पाउने छन्। विजेताले ७ लाख २५ हजार धनराशी बराबरको पुरस्कार पाउने आयोजकले जनाएको छ।

प्रकाशित: ९ कार्तिक २०७८ १०:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App