२१ माघ २०८२ बुधबार
image/svg+xml
खेल

स्कटल्याण्डविरुद्ध नेपालले पहिला बलिङ गर्ने

आइसिसी विश्वकप लिग २ अन्तर्गतको चौथो राउण्डको त्रिकोणात्मक एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले अहिले केहीबेरमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।  

स्कटल्याण्डको डुन्डिमा रहेको फोर्थहिल क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । 

खेल नेपाली समयअनुसार अपराह्न ३:४५ बजे सुरु हुनेछ । 

चौथो शृंखला खेल्न लागेको नेपाल ६ अंकमा तालिकाको पुछारमा छ । पाँचौ शृंखला खेल्न लागेको स्कटल्यान्ड २० अंकमा चौथो र छैठौं शृंखला खेल्न लागेको नेदरल्यान्डस् २६ अंकमा दोस्रो स्थानमा छ । 

नेपालको प्लेइङ ११:

रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी र रिजन ढकाल ।

प्रकाशित: १९ जेष्ठ २०८२ १५:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App