१४ पुस २०८२ सोमबार
image/svg+xml
खेल

मेयर कपबाट बाहिरियो बाग्मती गाउँपालिका

बाग्मती गाउँपालिका उपत्यकाव्यापी अन्तरपालिका गोदावरी मेयर कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ।

ललितपुरको च्यासल मैदानमा बुधबार महालक्ष्मी नगरपालिकासँग ५–१ गोल अन्तरले पराजित हुँदै बागमती गाउँपालिका प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ। बागमती प्रतियोगिताबाट बाहिरिए पनि पहिलो जितका साथ महालक्ष्मी नगरपालिकाले सेमिफाइनलमा पुग्ने सम्भावना जीवित राखेको छ।

महालक्ष्मीको जितमा सिद्धान्त अधिकारीले दुई गोल गरे। रामकृष्ण चौधरी, अमृत चन्द र सनम धितालले समान एक गोल थपे। बागमतीका लागि दिलीप घलानले गोल फर्काए। खेलको ३६औं मिनेटमा रामकृष्णको गोलमार्पmत महालक्ष्मीले अग्रता लिएको थियो। ४६औं मिनेटमा अमृतले टोलीको अग्रता दोब्बर बनाए।

सनमले ६७औं मिनेटमा गोल गर्दा महालक्ष्मीको अग्रता ३–० मा पुग्यो। सिद्धन्तले ७७औं मिनेटमा पेनाल्टीमार्फत टोलीका लागि चौथो गोल गरे। दिलीपले ७९औं मिनेटमा बागमतीका लागि गोल फर्काए। इन्जुरी समयमा सिद्धान्तले व्यक्तिगत दोस्रो गोल गर्दा महालक्ष्मी ५–१ ले अगाडि बढ्यो।

इन्जुरी समयमै आयुश लामा पेनाल्टीमा चुक्दा बागमतीले गोलअन्तर कम गर्ने मौका गुमायो। पहिलो खेलमा आयोजक गोदावरी नगरपालिकासँग ६–१ ले पराजित भएको महालक्ष्मीले अब ललितपुर महानगरपालिकासँग खेल्न बाँकी छ। अघिल्लो खेलमा ललितपुर महानगरपालिकासँग ७–३ गोलअन्तरले पराजित बाग्मतीले अब समूहचरणको अन्तिम खेलमा गोदावरी नगरपालिकासँग प्रतिस्पर्धा गर्न बाँकी छ।

समूह ‘ए’ मा गोदावरी, ललितपुर महानगर र महालक्ष्मीको समान तीन अंक छ। यद्यपि, गोलअन्तरका आधारमा एक खेल मात्र खेलेको गोदावरी शीर्ष स्थानमा छ। ललितपुर महानगरले पनि एक खेल मात्रै खेलेको छ। बिहीबार हुने खेल गोदावरी मेयर कप फुटबलमा बिहीबार तीनवटा खेल हुनेछन्।

गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा बिहीबार काठमाडौं महानगरपालिका र मध्यपुर ठिमी नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ। पहिलो खेलमा चन्द्रागिरि नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाबीच खेल हुनेछ। दोस्रो खेलमा गोदावरी नगरपालिका र ललितपुर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: २५ वैशाख २०८२ ०८:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App