विभागीय टोली त्रिभुवन आर्मी क्लब जारी नवौँ एनभिए महिला तथा पुरुष च्याम्पियनसिपको क्वटारफाइनलमा प्रवेश गरेको छ।
सोमबार दिनको दोस्रो खेलमा राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई ३-० को साेझाे सेटमा पराजित गर्दै आर्मीले लगातfर दोस्रो जित हात पारेको हो।
आर्मीले पहिलो सेट २५-१९ ले आफ्नो पक्षमा बनाएको थियो। दोस्रो सेट २५- २१ बनाउँदै नतिजा आफ्नो बनाएको आर्मीले तेस्रो सेटमा २५-२१ ले कीर्तिपुरमाथि हाबी हुँदै आर्मीले खेल जितेको हो।
एनभिए अहिले काठमाडौं जारी छ। प्रतियोगितामा कूल २० टोलीले सहभागिता जनाइरहेका छन्।
प्रकाशित: १४ पुस २०८२ १४:०० सोमबार





