जारी टी-२० पुरुष विश्वपकमा आज बलियो टोली दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुँदैछ।
बिहीबार यी दुई टोलीबिचको महाभिडन्त भारतको अहम्दाबादस्तिथ नरेन्द्र मोदी क्रिकेट स्टेडिमा दिउँसो ३:१५ बजेबाट सुरु हुनेछ। यी दुवै टोली जारी विश्वकपमा अपराजित छन्।
सुपर 'आठ' अन्तर्गत दक्षिण अफ्रिकाले भारतलाई पराजित गर्द पहिलो सफलता लिएको थियो। त्यस्तै, वेस्ट इन्डिजले जिम्बाबेलाई पराजित गरेको थियो। यी दुवै टोलीले आज आफ्नो दोस्रो खेल खेल्दै छन्।
आज विजयी हुने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ। यसअघि इंग्ल्यान्ड सेमिफाइनलमा पुगिसकेको छ भने सह- आयोजक राष्ट्र श्रीलंका विश्वकपबाट बाहिरिएको छ।
प्रकाशित: १४ फाल्गुन २०८२ १२:१४ बिहीबार





