प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी परिचरको आज बिहान मृत्यु भएको छ।
काठमाडौंको बुद्धनगर बस्दै आएका उदयपुरका प्रहरी परिचर बलबहादुर थापा मगरको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पंकजकुमार भट्टराईले जानकारी दिए।
आज बिहान थापाकी श्रीमतीले कोठाभित्र घाँटीमा पासो लागेको अवस्थामा भेटेपछि उद्धार गरी एभरेष्ट अस्पताल पुर्याएकी थिइन्। चिकित्सकले तत्कालै थापालाई मृत घोषणा गरेको प्रवक्ता पवन भट्टराईले जानकारी दिए।
उनको मृत्युबारे अनुसन्धान भइरहेको र अन्य आवश्यक प्रक्रिया अघि बढाइएको उनले बताए। रासस
प्रकाशित: १४ पुस २०८२ १३:५२ सोमबार





