२३ पुस २०८२ बुधबार
image/svg+xml
खेल

आईपीएल : देल्लीले दियो गुजरातलाई २०४ रनको लक्ष्य

इन्डियन प्रिमियर लिग (आईपीएल) मा शीर्ष स्थानको देल्ली क्यापिटल्सले तेस्रो स्थानको गुजरात टाइटन्ससामु २०४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  

अहदावादमा गुजरातले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको देल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २०३ रनको योगफल तयार पारेको हो ।  

देल्लीका लागि क्याप्टेन अक्षर पटेलले ३९, आशुतोष शर्माले ३७ तथा करुण नायर र ट्रिस्टन स्टब्स्ले समान ३१ रन बनाए । केएल राहुलले १४ बलमा २८ रन जोडे ।  

गुजरातका लागि प्रदिश कृष्णाले ४ विकेट लिए । आफ्नो स्पेलमा ४१ रन खर्चेर उनले चार विकेट झारेका हुन् । मोहमद सिराज, अर्शद खान, इशान्त शर्मा र साई किशोरको नाममा एक एक विकेट रह्यो ।  

अक्षर पटेलको कप्तानीमा रहेको देल्ली १० अंकमा शीर्ष र शुभमन लिगको कमानीमा रहेको गुजरात ८ अंकमा दोस्रो स्थानमा छन् । आजको खेलमा जित निकाले देल्लीले दोस्रो स्थानको पञ्जाव किङ्ससँगको दुरी २ अंकमा पुर्याउनेछ । हारले भने गुजराज १० अंकमा शीर्ष स्थानमा उक्लनेछ ।  

आजै राति हुने अर्को खेलमा लखनऊ सुपर जाइन्ट्स र राजस्थान रोएल्सबीच खेल हुनेछ । लखनउ ८ अंकमा तालिकाको पाँचौ स्थानमा रहँदा राजस्थान ४ अंकमा आठौं स्थानमा छ ।  

प्रकाशित: ६ वैशाख २०८२ १७:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App