इण्डियन प्रिमियर लिग (आइपिएल) मा बुधबार रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल एम चेन्नास्वामी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ ।
चार अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको बेंगलुरु लगातार तेस्रो जितको खोजीमा घरेलु मैदान उत्रनेछ । घरेलु मैदानमा यो उसको पहिलो खेल हुनेछ । बेंगलुरुले पहिलो खेलमा कोलकाता नाइट राइडर्सलाई र दोस्रो खेलमा चेन्नई सुपर किङ्सलाई हराएको थियो ।
गुजरातले भने यसअघिका दुईमध्ये एकमा जित र एकमा हार भोगेको छ । पहिलो खेलमा पञ्जाब किंग्ससँग पराजित भएको गुजरातले दोस्रोमा भने मुम्बई इण्डियन्सलाई हराएको थियो ।
प्रकाशित: २० चैत्र २०८१ १३:२३ बुधबार