साउदी अरेबियाले भारतसहित १४ देशका नागरिकहरूलाई उमराह, व्यापार र पारिवारिक भ्रमण भिसा जारी गर्न निलम्बन गर्दै नयाँ यात्रा प्रतिबन्ध लगाएको छ। हज यात्राअघि र हज यात्राका क्रममा भीडभाड कम गर्ने उद्देश्यले यो प्रतिबन्ध लगाइएको
रिपोर्टका अनुसार यो प्रतिबन्ध जुनको मध्यसम्म लागू हुनेछ। भिसा निलम्बनबाट प्रभावित १४ राष्ट्रहरूमा अल्जेरिया, बंगलादेश, इजिप्ट, इथियोपिया, भारत, इन्डोनेसिया, इराक, जोर्डन, मोरक्को, नाइजेरिया, पाकिस्तान, सुडान, ट्युनिसिया र यमन समावेश छन्।
रिपोर्टका अनुसार यो उपायले वार्षिक इस्लामिक तीर्थयात्राको समयमा भीडभाड र सुरक्षा समस्याहरूलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ। साउदी अधिकारीहरूले उमरा भिसा प्रदान गर्ने अन्तिम मिति अप्रिल १३, २०२५ तोकेका छन्।
वास्तवमा साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले गत वर्ष हजारौं मानिसको मृत्युलाई ध्यानमा राख्दै यस वर्ष भिसा प्रतिबन्धको यो निर्णय लिएका हुन्। गत वर्ष हजका क्रममा भागदौडमा एक हजारभन्दा बढीको मृत्यु भएको थियो। मृत्यु हुनेमा अधिकांश अनधिकृत हज तीर्थयात्री थिए। एजेन्सी
प्रकाशित: २५ चैत्र २०८१ १३:०४ सोमबार