आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा आठ वटा मतदान केन्द्र अति संवेदनशील सूचीमा राखिएको छ।
जिल्ला सुरक्षा समितिले निर्माण गरेको निर्वाचन केन्द्रित एकीकृत सुरक्षा योजनाअनुसार अति संवेदनशील मतदान केन्द्र निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए।
उनले भने, ‘निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने हाम्रो मुख्य लक्ष्य हो। त्यसका लागि अति संवेदनशील केन्द्रहरूमा विशेष सुरक्षा व्यवस्था लागू गरिनेछ।’
जिल्लाका १० स्थानीय तहमा ३०९ मतदान केन्द्र छन्। जिल्लामा दुई लाख ५४ हजार ३९७ मतदाता कायम भएका छन्।
प्रकाशित: ८ माघ २०८२ २०:४१ बिहीबार





