२८ माघ २०८२ बुधबार
image/svg+xml
राजनीति

मतदाता भेटघाटमा व्यस्त ओली

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर-५ मा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मतदाता भेटघाटमा व्यस्त बनेका छन्।

निर्वाचन नजिकिएसँगै गृह जिल्ला पुगेका ओली बिहीबार दिनभर कार्यकर्ता र शुभेच्छुकसँगको भेटघाटमा सक्रिय रहे। उनले दमकस्थित एक होटेलमा झापा–५ का पार्टी कार्यकर्ता र शुभेच्छुकसँग भेटघाट गरे भने दमकमा एमालेनिकट युवाहरूको भेलालाई सम्बोधन गरे।

विगतमा मनोनयन दर्ता गरेर तत्काल काठमाडौं फर्कने ओलीले यसपटक भने निर्वाचन क्षेत्रलाई विशेष समय दिएका छन्।

सोमबार झापा आइपुगेका ओली दमकस्थित कामाक्ष होटेलमा बसेका छन्। उनको सचिवालयका अनुसार उनी शुक्रबारसम्म निर्वाचन क्षेत्रमै रहने कार्यक्रम छ।

दमकमा आयोजित युवा भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालले फिँजाएको भ्रमको तुवाँलोबाट मुक्त हुन कार्यकर्ता तथा मतदातालाई आग्रह गरे।

‘सामाजिक सञ्जालले फिँजाएको भ्रमको तुवाँलोबाट मुक्त हुन आग्रह गर्दछु। अल्गोरिदमको प्रभावबाट विलकुल मुक्त हुनुहोस्,’ ओलीले भने, ‘युवाहरू भ्रमबाट मुक्त हुने प्रयासमा लाग्नुपर्छ। हामीबाहेक कसैले जित्दैन। हामीसँग सुदृढ सङ्गठन छ। हाम्रा कार्यकर्ता, समर्थक र शुभेच्छुक जनवर्गीय सङ्गठन छन्। सामाजिक सञ्जालको तमासामा पर्ने होइन, यथार्थमा जाने हो।’

ओलीले नयाँ र स्वतन्त्र उम्मेदवारहरूप्रति सङ्केत गर्दै मतदातालाई सचेत रहन आग्रह गरे । उनले बैंकले नोट छाप्दा त धितो जमानी चाहिने भन्दै भोट हाल्दा पनि उम्मेदवारको पृष्ठभूमि र विश्वसनीयता हेर्नुपर्ने तर्क गरे।

ओलीले एमाले नेतृत्वको सरकारले देशका विभिन्न भागमा विकास निर्माणको काम गरेको दाबी समेत गरे। उनले महोत्तरी लगायतका क्षेत्रमा पनि आफूले बाटो र पुल बनाएको स्मरण गराए। साथै, एमाले पहिलो र सुदृढ सङ्गठन भएको पार्टी भएकाले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे।

हेराैं तस्बिरहरु। सबै तस्बिर: दिनेश भण्डारी

प्रकाशित: ८ माघ २०८२ २०:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App