२ चैत्र २०८१ शनिबार
image/svg+xml ६:३७ पूर्वाह्न
खेल

च्याम्पियन्स ट्रफी : आज अस्ट्रेलिया र इंग्ल्यान्ड भिड्दै

आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को समूह चरणमा आज अस्ट्रेलिया र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। यो खेल पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा दिउँसो २:४५ बजे (नेपाल समय) बाट सुरु हुनेछ। 

ऐतिहासिक प्रतिद्वन्द्वीताको यो समूह ‘बी’ को महत्त्वपूर्ण खेल हो। क्रिकेट प्रशंसकहरू उत्साहित छन्। 

हिजो दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १०७ रनले हराएको थियो। च्याम्पियन्स ट्रफीमा समूह ‘ए’ मा पाकिस्तान, भारत, बंगलादेश र न्युजिल्यान्ड छन् भने समूह ‘बी’ मा अस्ट्रेलिया, अफगानिस्तान, इंग्ल्यान्ड र दक्षिण अफ्रिका छन्।
 

प्रकाशित: १० फाल्गुन २०८१ ०९:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App