२ चैत्र २०८१ शनिबार
image/svg+xml ८:७ पूर्वाह्न
खेल

प्याराग्लाईडिङ संघको अध्यक्षमा इश्वर

नवनिर्वाचित जिल्ला समिति पदाधिकारी । तस्विरः महेश्वर चामलिङ राई/नागरिक

नेपाल प्याराग्लाडिङ तथा ह्याङग्लाडिङ संघ उदयपुरको अध्यक्षमा ईश्वरमान राई चयन भएका छन् । शुक्रबार गाईघाटमा आयोजित ‘जिल्ला समिति घोषणा कार्यक्रम’मा साम्पाङ नेतृत्वमा गठित ११ सदस्यीय जिल्ला समिति गठन भएको जानकारी दिइएको हो । 

नेपाल प्याराग्लाईडिङ तथा ह्याङग्लाईडिङ सङ्घका केन्द्रीय अध्यक्ष भूपाल राई तथा केन्द्रीय सदस्य महेन्द्र राईको उपस्थितिमा निर्वाचन समिति संयोजक जिवनी बान्तवाले नवगठित जिल्ला समितिको घोषणा गरिन् । जिल्लामा कार्यरत प्याराग्लाईडिङ व्यवसायीहरुको बिहीबार सम्पन्न भेलाले नयाँ कार्यसमिति चयन गरेको बान्तवाले जानकारी दिइन् ।

सर्वसम्मत गठित समितिको उपाध्यक्षमा सुजन राई, सचिवमा जितेन्द्र राई, सहसचिवमा शिला राई, कोषाध्यक्षमा सुनिता रेग्मी राई चयन भएको निर्वाचन समितिले जनाएको छ ।

सदस्यमा भुपाल राउत, करिना राई, ईश्वर मगर, सन्तोष कार्की र अमिन राई चयन भएका छन् । जिल्लाका ८ वटै स्थानीयतहबाट प्रतिनिधित्व गराउने उद्धेश्यले गठित समितिमा बाँकी सदस्यहरु आवश्यक्ता र आकाङ्क्षाका आधारमा जिल्ला समितिको निर्णय अनुसार थप्दै लाने नवनिर्वाचित अध्यक्ष राईले बताएका छन् ।

प्रकाशित: २५ माघ २०८१ १३:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App