एन्फा महिला लिग अन्तर्गतको सुपर लिगमा एपीएफले आफ्नो विजयी यात्रालाई जारी राखेको छ ।
लिग चरणको शीर्ष स्थानमा रहँदै सुपर लिगमा प्रवेश गरेको एपीएफले सोमबार स्याङ्जाको वालिङ नगरपालिकालाई शुन्यका विरुद्ध नौ गोलले पराजित गर्यो । डिफेन्डिङ च्याम्पियन एपीएफको सुपर लिगमा यो दोस्रो जित हो । पहिलो खेलमा उसले बागमती युथ क्लबलाई एकका विरुद्ध पाँच गोलले हराएको थियो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफले पहिलो हाफमा ७ र दोस्रोमा २ गोल थपेको थियो । पहिला हाफको तुलनामा सुधारिएको खेल प्रस्तुत गरेपनि ७७ औं मिनेटमा गोल खान पुगेको थियो । पहिलो हाफमै ह्याट्रिक पूरा गरेकी रश्मिकुमारी घिसिङले ७७ औं मिनेटमा व्यक्तिगत चौथो गोल गरिन् ।
९०औं मिनेटमा अनिता केसीले व्यक्तिगत पहिलो गोल गरेपछि एपीएफ ९-० को फराकिलो जित निकाल्न सफल भयो ।
एपीएफको जितमा गीता राना र सरु लिम्बूले समान दुई गोल गरे ।
लिगमा नेपाल पुलिस क्लब र बागमती युथ क्लबबीच खेल हुनेछ ।
प्रकाशित: २२ पुस २०८१ १८:२० सोमबार