कांग्रेसका पाँच प्रदेश सभापतिको एक स्वर: अब विशेष महाधिवेशन होइन निर्वाचनमा केन्द्रित होऔँ
नेपाली कांग्रेसका पाँच प्रदेश सभापतिले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको निष्कर्ष निकाल्दै पार्टीका नेता–कार्यकर्तालाई नियमित महाधिवेशनको तयारी र आसन्न निर्वाचनमा केन्द्रित हुन अपिल गरेका छन्।

