१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानका इस्पात उत्पादन गर्ने उद्योगमा आक्रमण

विकिरण फैलन नपाएको पुष्टि

इरानका खोनदाब र खुजेस्तानस्थित संयन्त्रहरूमा आक्रमण भएको छ। अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार आक्रमणबाट कुनै पनि विकिरण जोखिम देखिएको छैन।

निकायले इरानको जानकारीअनुसार केन्द्रीय क्षेत्रमा रहेको खोनदाबको भारी पानी उत्पादन केन्द्रमा आक्रमण भएको थियो। उक्त केन्द्रमा घोषणा गरिएको कुनै आणविक सामग्री नभएको र त्यहाँबाट कुनै विकिरण जोखिम नदेखिएको बताइएको छ।

त्यस्तै, खुजेस्तान प्रान्तमा रहेको इस्पात उत्पादन गर्ने उद्योगमा पनि आक्रमण भएको जानकारी दिइएको छ। उक्त उद्योगमा औद्योगिक मापनका लागि बन्द रेडियोधर्मी स्रोतहरू प्रयोग गरिन्छ। निकायले उक्त स्थानबाट बाहिर कुनै विकिरण फैलिएको पुष्टि नभएको जनाएको छ।

यी आक्रमणहरू फागुन १६ गतेदेखि सुरु भएको अमेरिका–इजरायल–इरानबीचको करिब एक महिनादेखि जारी द्वन्द्वका क्रममा भएका हुन्। हालसम्म ती पक्षहरूबीच भीषण सङ्घर्ष जारी रहे पनि युद्धविरामतर्फ कुनै ठोस प्रगति भएको छैन।

प्रकाशित: १४ चैत्र २०८२ १२:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App