विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा विजयी सुरुवात गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको अन्तिम चरणको पहिलो खेलमा आर्मीले बागमती युथ क्लबलाई २-० गोलले पराजित गर्यो ।
आर्मीको जितमा दुवै गोल विमला चौधरीले गरिन् । २५औं मिनेटमा पहिलो गोल गरेकी उनले ७०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् ।
दोस्रो चरणमा ५ टोलीबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो चरणमा कुल २४ खेल हुनेछन्। २० खेलपछि चार टिमले प्लेअफका स्थान बनाउनेछन्।
माघ १६ गतेसम्म चल्ने अन्तिम चरणको लिगमा विभागीय टोलीहरु नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, आर्मी , वालिङ नगरपालिका र बागमती सहभागी हुनेछन् ।
लिगमा शुक्रवार पुलिस र वालिङबीच खेल हुनेछ।
प्रकाशित: १८ पुस २०८१ १९:०५ बिहीबार