२८ मंसिर २०८१ शुक्रबार
image/svg+xml
खेल

यू–१९ एसिया कपः अन्तिम खेलमा नेपालको घातक बलिङ, अफगानिस्तानले दियो १२४ रनको लक्ष्य

युनाइटेड अरब इमिरेट्समा जारी अन्डर–१९ एसिया कप क्रिकेटमा नेपाली बलरहरूले अफगानिस्तानविरुद्ध घातक बलिङ गर्दै सस्तैमा रोकेका छन् । ५० ओभरको खेलमा नेपाली बलरको उत्कृष्ट प्रदर्शनका बाबजुद अफगानिस्तानले ३५ ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर १२३ रन मात्रै जोड्न सक्यो । 

अफगानिस्तानलाई सस्तैमा रोक्ने क्रममा नेपालका युनिस तिवारीले १० ओभरमा २४ रन खर्चँदै ३ विकेट, सन्तोष यादवले ४.४ ओभरमा २२ रन खर्चँदै ३ विकेट, हेमन्त धामीले ७ ओभरमा ३१ खर्चेर २ विकेट र अभिषेक तिवारीले ६ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । 

अफगानिस्तानका तर्फबाट ब्याटिङमा फैजल सिनोजादाले ५२ रन जोड्नुबाहेक अन्यले राम्रो योगदान दिन सकेनन् । 

समूह चरणमा नेपालको यो अन्तिम खेल हो । यसअघि श्रीलङ्का र बाङ्लादेशसँग दुवै खेल हारेर नेपाल र अफगानिस्तान दुवै प्रतियोगिताबाट बाहिरिइसकेका छन् । 

प्रकाशित: १८ मंसिर २०८१ १३:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App