१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

क्रिकेट बलियो बनाउन घरेलु प्रतियोगिताको संरचना बलियो हुनुपर्छ : सदस्यसचिव घिसिङ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपाल क्रिकेट संघ (क्यान) लाई घरेलु प्रतियोगिताका संरचनालाई बलियो बनाउनु पर्ने सुझाव दिएका छन् । क्यानको शुक्रबारदेखि पोखरामा सुरु भएको साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् ।  

'युवा तथा उमेर समुहका खेलाडीहरुको उत्पादनमा क्यानले विशेष ध्यान दिने छ भन्ने विश्वास छ । उमेर समूहका कार्यक्रम लक्षित गरी नेपालले १० वर्षको अन्तरालमा होइन, हरेक विश्वकप नेपालको उपस्थिति हुने वातावरण बनाउन आवश्यक छ,’ सदस्य–सचिव घिसिङले भने, 'यस्ता खेलाडी उत्पादन गर्नुस् जसले अहिलेका स्टार खेलाडीहरुलाई समेत झस्काउन सकुन् । घरेलु क्रिकेटको संरचना उत्कृष्ट खेलाडी उत्पादनमा समेत निर्भर हुने भएकाले यसमा जोड दिनु पर्छ । क्रिकेट खेलको विकासका लागि साधारण सभाले महत्वपूर्ण बाटो तय गर्ने विश्वास छ ।’

सदस्य–सचिव घिसिङले नेपाली क्रिकेटको विकासका लागि आफ्नो कार्यकालमा सक्दो सहयोग गरेको स्मरण गर्दै भने, 'जिल्ला संघ विस्तारमा सघाएका छौं । विश्वकप क्रिकेटको तयारीका लागि बजेट विनियोजन गरेका थियौं । राष्ट्रिय गौरवका रुपमा क्रिकेट रंगशाला निर्माणका लागि पहल गर्दै सो कार्यलाई घनीभुत रुपमा अगाडि बढाएका छौं ।’

प्रकाशित: ११ आश्विन २०८१ १८:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App