२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

युवामा मतदानको उत्साह, तर प्रणालीको जटिलताले सहभागिता खुम्चिँदै

जेनजी प्रतिनिधि भावना राउतले युवाहरू मतदानका लागि उत्साहित रहेकाे तर मतदान प्रक्रियाको जटिलता र प्रणालीको असहयोगी संरचनाले धेरै युवालाई मताधिकार प्रयोग गर्नबाट वञ्चित गरिरहेको बताएकी छिन्।  

नागरिक अभियानले आयोजना गरेको ‘म नागरिक, म बनाउँछु नेपाल’ कार्यक्रममा बोल्दै जेनजी प्रतिनिधि भावना राउतले याे  यथार्थता उजागर गरिन्।  

उनले भनिन्, 'युवामा मतदानप्रति उत्साह छ, तर विदेशमा रहेका र अन्तर–जिल्लामा बसोबास गर्ने युवाका लागि मतदान प्रक्रिया अझै सहज बन्न सकेको छैन।'

भावनाका अनुसार वैदेशिक रोजगारी, अध्ययन वा रोजगारीका कारण जिल्ला बाहिर रहेका लाखौँ युवा मतदानको दिन मतदाता सूचीमा नाम भए पनि भौगोलिक कारणले मतदान गर्न असमर्थ हुन्छन्।

उनले युवालाई परिवर्तनको संवाहक भन्ने गरिए पनि व्यवहारमा प्रणालीले उनीहरूलाई समेट्न नसकेको टिप्पणी गरिन्।

प्रकाशित: २५ माघ २०८२ १९:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App