२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

दूरगामी महत्वका विषयमा साझा सहमति खोज्न रवि, बालेनलाई कांग्रेस महामन्त्री पौडेलको सुझाव

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आम निर्वाचन २०८२ मा बहुमत हासिल गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री उम्मेदवार बालेन्द्र शाहलाई बधाई दिएका छन्।

नेपाली कांग्रेसका महामन्त्री पौडेलले मंगलबार जारी गरेको सूचनामार्फत लामिछाने र शाहलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्।

उनले निर्वाचनको परिणामले अहिलेको व्यवस्थामै पनि बहुमत प्राप्त गर्न सकिने कुरा पुष्टि गरेको बताएका छन्। अब बन्ने सरकारले देश र जनताको हितमा काम गर्ने विश्वास व्यक्त गर्दै त्यस्ता सकारात्मक काममा कांग्रेसको साथ र समर्थन रहने प्रतिबद्धता उनले जनाएका छन्।

पौडेलले दीर्घकालीन महत्वका राष्ट्रिय मुद्दाहरूमा साझा सहमति निर्माण गर्न सबै राजनीतिक शक्तिलाई आह्वान पनि गरेका छन्।

उनले नयाँ सरकारलाई लोकतान्त्रिक मूल्य, सुशासन र राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका छन्।

प्रकाशित: २६ फाल्गुन २०८२ २१:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App