३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

मनमैजु टिम च्याम्पियन

प्रथम टोखा मेयर कप वादोरियो कराते प्रतियोगितामा मनमैजु डोजो टिम च्याम्पियन बनेको छ।

गोंगबुस्थित काठमाडौं युरो स्कुलमा मंगलबार भएको प्रतियोगितामा पाँच स्वर्ण, एक रजत र तीन कांस्य पदकसाथ मनमैजु टिम च्याम्पियन बन्यो।

नेपाल वादोरियो कराते डो संघको प्राविधिक सहयोग तथा नेपाल वादोरियो कराते डो संघ टोखा डोजोद्वारा आयोजित प्रतियोगितामा गोदावरी डोजो दोस्रो भयो।

गोदावरीले तीन स्वर्ण, पाँच रजत र चार कांस्य जित्यो। तीन स्वर्ण, तीन रजत र दुर्ई कांस्य हात पारेको गोंगबु डोजोले तेस्रो स्थानमा चित्त बुझायो। पुरुषमा टोखा भैरवका सुजिन तामाङ तथा महिलामा योङ हार्ट्सकी प्राश्ना केसी उत्कृष्ट खेलाडी घोषित भए।

प्रतियोगितामा पशुपति डोजो अनुशासित टिम ठहरियो। विजेतालाई प्रदेश खेलकुद विकास बोर्ड कोसी प्रदेशका सदस्यसचिव कृष्ण बस्नेत, नेपाल वादोरियो कराते डो संघका अध्यक्ष एवं नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीलगायतले पुरस्कृत गरेका थिए।

टोखा नगरपालिकाको सहयोगमा भएको प्रतियोगितामा २५ टिमका ३५० खेलाडीले २१ स्पर्धामा प्रतिस्पर्धा गरेको नेपाल वादोरियो कराते डो संघका कोषाध्यक्ष पुरुषोत्तम पोखरेलले जानकारी दिए।

प्रकाशित: २ आश्विन २०८१ ०७:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App