२ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

एन्फा महिला लिग : पुलिस र आर्मीबीचको खेल बराबरीमा

शनिबार सम्पन्न एन्फा महिला लिगमा विभागीय डर्बीमा नेपाल पुलिस र त्रिभुवन आर्मीले १–१ गोलको बराबरी नतिजा सामना गर्‍यो । पुलिसकी अमृता जैसी र आर्मीकी अमिशा कार्कीले गोल गरे।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले अग्रता जोगाउन नसक्दा अंक बाँड्नु परेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमै सकियो । तर, दोस्रो हाफको सुरुआतमै पुलिसले अग्रता लियो । ४८औं मिनेटमा अमृताको फ्रिकिक गोलबाट पुलिसले अग्रता लिएको थियो।आर्मीकी दीपा राईले अनुष्का शेर्पालाई लडाएपछि पुलिसले फ्रिकिक अवसर पायो ।

करिब २३ यार्डबाट पुलिसकी कप्तान अमृताले गरेको टप कर्नर प्रहार आर्मीकी गोलकिपर अन्जना रानामगरले समाए पनि फुत्काइन् । तर, आर्मी काउन्टर अट्याकबाट खेलमा फर्कियो। पुलिसकले गरेको कर्नर प्रहारमा हेडर क्लियर गर्दै आर्मीले काउन्टर मुध बनाउँदै सफलता पनि पायो। दीपा शाहीले बनाएको काउन्टर प्रयासमा यो गोल भएको हो । दीपाले दिएको उत्कष्ट पास नियन्त्रणमा लिँदै अमिशाले ६३औं मिनेटमा २० यार्ड टाढाबाट लोभलाग्दो गोल गरेकी हुन् । पुलिसकी गोलकिपर उषा नाथ अगाडि बढेको अवस्थामा अमिशाले बक्स बाहिरबाटै चिप गर्दै बललाई जाली चुमाएकी हुन् ।

यससँगै पुलिसकी उषाले यस लिगमा पहिलो गोल पनि सामना गरिन् । यसपछिको बाँकी समयमा दुवै तर्पmबाट गोल हुन सकेन र खेल बराबरीमै सकियो । यो नतिजासँगै पाँच खेलबाट ११ अंक जोडेको पुलिस शीर्ष स्थानमा छ । समान खेलबाट आर्मी १० अंकका साथ दोस्रो स्थानमा उक्लियो ।

प्रकाशित: २९ भाद्र २०८१ १६:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App