३१ भाद्र २०८१ सोमबार
image/svg+xml
खेल

एन्फा महिला लिग : पुलिसको शानदार जित, संकटा चन्द्रपुरसँग बराबरीमा रोकियो

एन्फा महिला लिगमा नेपाल पुलिस क्लबले शानदार जित निकाल्दा संकटा क्लबले चन्द्रपुर नगरपालिकासँग अंक बाँडेको छ ।  

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको शुक्रबारको दोस्रो खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशमाथि ९ ० को फराकिलो जित निकालेको हो । पुलिसको जितमा निरु थापा र दिपा न्यौपानेले ह्याट्रिक गरे । पूजा राना मगर, अनुष्का शेर्पा र जिमकुमारी गुरुङको नाममा एकएक गोल रह्यो ।  

पुलिस पहिलो खेलमा अर्को विभागीय टोली एपीएफ क्लबसँग बराबरीमा रोकिएको थियो भने सुदूरपश्चिमको यो लगातार दोस्रो हार हो ।  

शुक्रबार नै भएको पहिलो खेलमा संकटा क्लब र चन्द्रपुर नगरपालिकाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग पराजित संकटाले पहिलो अंक जोडेको हो भने चन्द्रपुरको यो यो दोस्रो बराबरी नतिजा हो । ऊ पहिलो खेलमा कर्णाली प्रदेशसँग बराबरीमा रोकिएको थियो ।  

आजै भएको पहिलो खेलमा संकटा क्लबले चन्द्रपुर नगरपालीकालाई गोलरहित बराबरीमा रोकेको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ ।

प्रकाशित: २१ भाद्र २०८१ १८:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App