३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

पेरिस पारालिम्पिक्सको क्वाटरफाइनलमै रोकिइन् पलेशा

कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने

पलेशा गोवर्धन पेरिस पारालिम्पिक्सको क्वार्टरफाइनलमा रोकिएकी छन् ।  

पलेशा विश्व नम्बर एक खेलाडी ब्राजिलियन सिल्भाना मायारा कार्डोस फरनान्डेजसँग पराजित हुँदै क्वार्टरफाइनमै रोकिएकी हुन् । प्रतिस्पर्धात्मक खेलमा पलेशा सुरुवाती अग्रता जोगाउन नसक्दा १०-८ को साँधुरो हार भोग्न बाध्य भइन् ।  

के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुहको प्रतिस्पर्धामा सुरुवाती दश सेकेन्डभित्र पलेशाले अग्रता बनाइकी थिइन् ।  

खेल सकिन ५६ सेकेन्ड बाँकी रहँदा पलेशा ८-३ ले अगाडी थिइन् । तर बाँकी समयको खेलामा सिल्भानाले एकतर्फी अंक बटुलिन् र १०-८ को जित निकालिन् । ब्राजिलियन सिल्भानाले लगातार सात अंक जोड्दा ६ अंक बडी किक बाट र १ अंक पेनाल्टीबाट थियो ।  

पलेशाले अब रिपाचेजमार्फत् कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछिन्। 

प्रकाशित: १४ भाद्र २०८१ १७:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App