३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

१० औं राष्ट्रिय खेलकुदमा धेरै पदक जित्ने गरी तयारीमा लाग्न निर्देशन

कोसी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले धेरै पदक जित्ने गरी १० औं राष्ट्रिय खेलकुदको तयारीमा लाग्न निर्देशन दिएका छन् । शुक्रवार विराटनगरमा आयोजित अन्तर्क्रियामा मन्त्री राईले कोसी प्रदेशले धेरै पदक जित्ने गरी प्रतियोगिताको तयारीमा लाग्न मातहत निकायलाई निर्देशन दिएका हुन् ।

मन्त्री राईले विभिन्न बहाना देखाएर प्रतियोगितामा कमजोर प्रदर्शन गर्ने छुट नभएको बताए । मन्त्री राईले भने ‘राई माइलाले गाउँ छोड्यो भनेर अब बिलौना गर्ने वेला  छैन ।’ मन्त्री राईले   खेलाडी माइला माइलीहरूले गाउँमै बसेर खेल क्षेत्रमा रमाउने वातावरण कोसी प्रदेश सरकारले बनाउने दाबी पनि गरे । कार्यक्रममा कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले आफ्नो कार्यकालमा राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी तथा प्रशिक्षकहरूलाई बोर्डले सहयोग गर्न कुनै पनि कसर बाँकी नराख्ने बताए । बस्नेतले जिल्ला खेलकुद विकास समितिमार्फत प्रत्येक जिल्लामा खेल सङ्घहरूको सहकार्य र समन्वयमा प्रतियोगिता लक्षित आयोजना अघि बढाउने जानकारी दिए ।

कार्यक्रममा कोसी प्रदेश गल्फ सङ्घका अध्यक्ष सुयेश प्याकुरेलले निजी क्षेत्रलाई सामाजिक उत्तरदायित्व अन्तर्गत खेल क्षेत्रमा लगानी बढाउन सरकारले प्रोत्साहन गर्नुपर्ने बताए । कोसी फुटबल सङ्घका अध्यक्ष किशोर राईले खेलाडीले खेलेरै जीवन निर्वाह गर्न सक्ने अवस्था निर्माण गर्न सबैले दत्तचित्त भएर लाग्नुपर्ने धारणा राखे  । अन्तरक्रियामा बोर्डका सदस्य तथा विभिन्न खेलकुद सङ्घका प्रदेश अध्यक्ष, सचिव, खेलका प्रशिक्षकहरू ,१४ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्षलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित: ३२ श्रावण २०८१ १८:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App