२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

एसइई कपको उपाधि सहिद स्मृतिलाई

तेस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबलको उपाधि सहिद स्मृति माविले जितेको छ।

पोखरिया युथ केयर एकेडेमीले आयोजना गरेको प्रतियोगितामा सुनसरीको इटहरी–१९ मा रहेको सहिद स्मृति माविले विराटनगरको पोखरिया माविलाई १–० गोल अन्तरमा हराउँदै उपाधि जितेको हो।

उपाधिसँगै सहिद स्मृतिले २२ हजार २ सय २२ रुपैयाँका साथै शिल्ड प्राप्त गरेको छ। उपविजेता रहेको पोखरिया मालिे ११ हजार १ सय ११ रुपैयाँ प्राप्त ग¥यो।

निकै कडा प्रतिस्पर्धा देखिएको खेलमा सहिद स्मृतिका युनिस चौधरीले गरे गोल निर्णायक बन्यो।

विराटनगरमा आयोजित उक्त प्रतियोगितामा मोरङ र सुनसरीका ४४ वटा निजी तथा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो।

प्रतियोगिताको व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक सहिद स्मृतिका सविन बिक, डिफेन्स विराटनगरको मोर्डनएरा स्कुल, मिडफिल्डर डनबस्को बोर्डिङ स्कुलका निकुश खतिवडा, स्टाइगर सहिद स्कृतिका युजिन चौधरी, सर्वाधिक गोलकर्ता पोखरिया माविका युनिस चौधरी र प्रशिक्षक सहिद स्मृतिका कोषराज दाहाल भए।

अनुशासित टोलीको उपाधि युमी स्कुलले प्राप्त ग¥यो। प्रतियोगितो सर्वोत्कृष्ट खेलाडी पोखरियाका अभिषेक कामत भए। उनले पुरस्कार वापत साइकल प्राप्त गरे।

खेलाडीहरुलाई कोशी खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम), आयोजक संस्थका अध्यक्ष बिक्रम कार्की (विक्की), पूर्व वरिष्ठ फुटबल प्रशिक्षक सन्तोष बानियाँलगायतले पुरस्कार प्रदान गरे।

प्रकाशित: २० असार २०८१ ०९:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App