१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

आईसिसी टी–२० विश्वकप क्रिकेट: यी हुन् सुपर ८ मा पुग्ने ८ टोली

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गतको आगामी चरणका लागि ८ टोलीको टुङ्गो लागेको छ।

आज भएको दुई खेलबाट सुपर ८ मा पुग्ने ८ टोलीको टुङ्गो लागेको हो।

जारी विश्वकपमा विश्वभरका २० टोलीले सहभागीता जनाएकोमा ८ टोलीले मात्रै सुपर ८ को यात्रा तय गरेको छ भने अन्यको यात्रा टुङ्गिएको छ।

अघिल्लो चरण सुपर ८ मा समूह ‘ए’ बाट भारत र अमेरिका, समूह ‘बी’ बाट अस्ट्रेलिया र इङ्ग्ल्यान्ड, समूह ‘सी’ बाट अफगानिस्तान र वेस्ट इन्डिज तथा समूह ‘डी’ बाट दक्षिण अफ्रिका र बङ्गलादेश पुगेका छन्।

अब सुपर ८ का खेलहरू बुधवार १९ जुनबाट सुरु हुनेछ। सुपर ८ को पहिलो खेलमा दक्षिण अफ्रिका र अमेरिकाबीच भिडन्त हुनेछ।

त्यस्तै सुपर ८ को अर्को खेलमा बिहीवार २० वेस्ट इन्डिज र इङ्ग्ल्यान्डबीच खेल हुँदा भारत र अफगानिस्तानबीच पनि सोही दिन भिडन्त हुनेछ।

शुक्रवार २१ जुनमा अस्ट्रेलिया र बङ्गलादेश भिड्दा दक्षिण अफ्रिका र इङ्ग्ल्यान्ड पनि भिड्ने छन्। शनिवार २२ वेस्ट इन्डिज र अमेरिकाबीच खेल हुँदा बङ्गलादेश र भारतबीच पनि भिडन्त हुनेछ।

त्यसैगरी आइतवार २३ जुनमा अफगानिस्तान र अस्ट्रेलिया भिड्दा इङ्ग्ल्यान्ड र अमेरिका पनि खेल्ने छन्। सोमवार २४ जुनमा वेस्ट इन्डिज र दक्षिण अफ्रिका भिड्दा अस्ट्रेलिया र भारतबीच पनि खेल हुनेछ।

सुपर ८ को अन्तिम खेलमा अफगानिस्तान र बङ्गलादेशबीच मङ्गलवार २५ जुनमा भिडन्त हुनेछ।

सुपर ८ बाट ४ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। विश्वकप क्रिकेटको दुबै  सेमिफाइनल २७ जुनमा हुनेछन् भने फाइनल खेल २९ जुनमा हुनेछ।

प्रकाशित: ३ असार २०८१ १०:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App